Logo
Logo

‘चैतसम्म फास्ट ट्रयाकको काम ३३ प्रतिशत सम्पन्न’



काठमाडौं । नेपाली सेनाले गत चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा द्रुतमार्ग निर्माणको अवस्थाबारे जानकारी दिँदै प्रधानसेनापति प्रभुराम शर्माले चैत मसान्तसम्ममा ३३.२ प्रतिशत काम सम्पन्न भएको बताएका हुन् ।

उनका अनुसार निर्माणाधीन तीनवटा सुरुङ खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको छ । द्रुतमार्ग बनाउने क्रममा हालसम्म ३० हजार ५९१ रुख काटिएको पनि उनले जानकारी दिए । प्रधानसेनापति शर्माका अनुसार वित्तीय प्रगति ३३ प्रतिशत भएको छ ।

प्रतिक्रिया दिनुहोस्