Logo
Logo

बरिष्ठ पत्रकार भेषजंग बादल अस्वस्थ


441
Shares

काठमाडौं । बरिष्ठ पत्रकार भेषजंग बादल अस्वथ्य भएका छन् । दुई सातायता नशा सम्बन्धी रोगबाट अस्वस्थ भएका बादलले चाबहिलस्थित मेडिकेयर उपचार गराउँदै आएका छन् ।

चार दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार बादल समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्यसमेत हुन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य रहेका बादल पछिल्लो समय स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् ।
‘आवाज साप्ताहिक’ र ‘काठमाडौं रिभ्यू’ मासिक पूर्वसम्पादक बादल वामपन्थी विचारधारा पत्रकारिता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्