Logo
Logo

दिपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश



रुपन्देही । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ६ जनासँग धरौटी माग गरेको छ । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश डा दीपक उप्रेतीको इजलासले दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ । उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् ।

त्यसैगरी, ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्