Logo
Logo

नेपाल रिटर्नी एसोसिएसन (समाजवादी)को सिराहा जिल्ला कमिटी गठन



सिराहा । नेपाल रिटर्नी एसोसिएसन (समाजवादी)को भेलाले सिराहा जिल्ला कमिटी गठन भएको छ । भेलाले सन्तोष कुमार पण्डित अध्यक्ष रहने गरी ५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकोे छ ।

कार्यक्रममा नेपाल रिटर्नी एसोसिएसन (समाजवादी)का केन्द्रीय अध्यक्ष प्रविन पौडलले ज्ञान सिप, पुँजी र इच्छाशक्ति सँगालेर विदेशबाट फर्कँदा युवा देश विकासका मेरुदण्ड भएको बताएका छन् । उनले नवीन सिर्जना गर्ने हुटहुटीका साथ स्वदेश फर्किएका युवा एसोसिएसन र दशका लागि बलियो खम्बा भएको दाबी गरे । पौडेलले देशलाई सही मार्गमा हिँडाउन रिटर्नीहरुले आवाज बुलन्द गर्नुपर्ने भन्दै कृषि उत्पादनमा सक्रिय हुन सुझाव दिए ।

उनले देशलाई गरिबीको रेखाबाट माथि उठाउन, वैदेशिक मुद्रा आर्जन गर्न र नमुना बस्ती निर्माणमा स्वदेशमै बसेर लाग्न अनुरोध गरे ।

अध्यक्ष पौडेलले नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउँदा राज्यको अर्थतन्त्रमा गम्भीर असर परेको जिकिर गरे ।

उनले भ्रष्टाचार न्यूनीकरण गरेर सुशासन कायम गर्न एशसिएसनले संगठन विस्तारलाई तिब्रता दिएको बताएका छन् ।  पौडेलले स्वदेश फर्केका र विदेश हिडेका नेपालीहरुलाई विमानस्थलमा दुख दिन नहुने बताएका छन् । उनले विदेशमा दुद गरेर स्वदेश फर्केका युवाहरुलाई राज्यले स्वागत गर्नुपर्नेमा जोड दिए ।

यस्तै एकीकृत (समाजवादी) सिराहा जिल्ला कमिटिका अध्यक्ष प्रमोद यादवले रिटर्नी एशोसिएनले उठाएको मुद्दा वस्तुपरक भएकाले त्यो मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले रिटर्नी एसोसिएसनको जिल्ला संगठन विस्तार गरेकोमा बधाई तथा शुभकामना दिँदै जागरूक भएर अगाडि बढ्न आग्रह गरे । गोल बजार नगर सदस्य भेषराज ठकुरीले एकीकृत समाजवादीले जन वर्गीय सङ्गठनमा छोटो समयमै सफलता हासिल गरेको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्