Logo
Logo

तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै



काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेटमा आज नेपाल र हङकङ तेस्रो स्थानका लागि भिड्दै छन् । ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएपछि नेपालले हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो । खेल अपराह्न ४ः१५ बजे हुनेछ ।

सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग हङकङ पराजित भएको थियो ।

तेस्रो स्थान हात पार्न सके नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ । सेमिफाइनलमा पराजित भएसँगै नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको छ । यसअघि समूह चरणको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्