Logo
Logo

हिमपहिरो जाँदा गोरखाकाे वीरेन्द्र ताल फुट्यो, तल्लो क्षेत्रमा बाढी


2.6k
Shares

काठमाडौं । गोरखाको चुननुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ । मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर पानी बाहिर निस्किएकाे हाे ।

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको सामागाउ प्रहरी चौकीका असई अन्जान पोखरेलले जानकारी दिए । बाढीका कारण एउटा काठको पुल बगाएको छ भने कुनै मानवीय क्षति नभएको पोखरेलले बताए ।

उक्त बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्