Logo
Logo

रेशमको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष विवादको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्चका यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा पेशी तोकिएको हो ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए । तर, आयोगले आपराधिक गतिविधिमा संलग्न भएको भन्दै चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको थियो ।

निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे सर्वोच्चबाट निक्र्योल हुनेछ । चौधरीले निर्वाचन आयोग सहित ४ वटा निकायलाई विपक्षी कायम गरेर रिट दायर गरेका थिए । यसै विषयमा रेशम र उनकी पत्नि रञ्जिताबीच विवाद उत्पन्न हुँदा नाउपा दुई समूहमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्