Logo
Logo

दुई मन्त्रालय नपाएपछि जसपा लुम्बिनी सरकारबाट बाहिरियो


5.6k
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्रालय भागबण्डाका विषयमा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको भन्दै मन्त्री अहिरले पदबाट राजीनामा दिएका हुन् ।

लुम्बिनीमा जसपालाई २ मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्री जोख बहादुर महराले एउटा मात्र मन्त्री दिएपछि असन्तुष्ट रहेको जसपा सरकारबाट बाहिरिएको हो । २५ चैतमा विनाविभागीय मन्त्री बनेका अहिरले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले मुख्यमन्त्रीले जसपालाई २ मन्त्रालय दिने लिखित सहमति गरेर कार्यान्वयन नगरेपछि सरकारबाट मन्त्री फिर्ता बाेलाइएकाे बताए । सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए ।

मुख्यमन्त्री र गठबन्धनका दल हरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए ।

प्रतिक्रिया दिनुहोस्