Logo
Logo

प्रधानमन्त्रीको दावी- सरकार स्थिरतर्फ अघि बढ्यो


882
Shares

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समिकरण बनेपछि स्थिर हुनतिर सरकार अघि बढेको दावी गरेका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका प्रधानमन्त्रीले धनगढी विमानस्थलमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘समिकरण लामै जान्छ । प्रदेशमा सरकार बनाउन अब कोशीमा बाहेक अरूमा सकिएको छ । विस्तारै स्टेवल हुनतिर सरकार अघि बढेको छ ।’

उनले तत्काल बामपन्थी एकताको सम्भावना नरहेको पनि बताउँदै भने, ‘अहिले गैरवामपन्थीहरूसहितको समिकरण बनेको छ । त्यसैले वामपन्थी एकता तत्काल हुँदैन ।’ गैरवाम पनि सँगै भएकाले यसलाई सत्ता समिकरणका रुपमा मात्रै लिएको उनको भनाइ थियो ।

साथै, प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको तयारी करिब पूरा भइसकेको बताए । त्यसका लागि सबैतिरबाट निकै सकारात्मक र उत्साहजनको प्रतिक्रिया आएका उनको भनाइ छ । झण्डै ४० भन्दा बढी देश सहभागि हुने आकलन गरिएकोमा त्यो संख्या अझै बढ्ने उनको अनुमान छ ।

उनले भने, ‘लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याविनेटबाट केहि ऐनहरु अध्यादेशबाट ल्याउदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका नीजि क्षेत्रलाई पनि आर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत् संशोधन गरेर ल्याउदैछौं । सोमबारको क्याविनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्