Logo
Logo

रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’मा


378
Shares

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।

आइतवाबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए।

चौधरी अध्यक्षमा निर्वाचन भएको अद्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो। आयोगले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भएको ठहर गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्