Logo
Logo

कोशी र लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना


378
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । यस्तै, कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्