Logo
Logo

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै


3.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा भोलि नेपाल आउने कतारका राजा मोहम्मद बिन अल थानीको भ्रमणको बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाइएको छ । नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन् । यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन् । त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत चैत ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गर्न सक्ने छ । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्