Logo
Logo

कतारका अमिर भोलि नेपाल आउँदै


1.5k
Shares

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी १० सदस्यीय प्रतिनिधिमण्डलसहित दुई दिने भ्रमणमा भोलि नेपाल आउन लागेका हुन् ।

यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो अवसरमा राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

अमिर शेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

उनी दुई दिने नेपाल भ्रमण सकेर बुधबार राति नै स्वदेश फर्किने छन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्