Logo
Logo

लामो समयदेखि इजरायलमा ग्राउण्डेड निगमको जहाज आज काठमाडौं ल्याइँदै


1.2k
Shares

काठमाडौं । वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौं ल्याइदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको जहाज आज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

आफु मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएका बिषयमा निरन्तर चासो लिएको भन्दै इजरायलमा रहेको जहाजलाई ल्याउन पहल गरेको मन्त्री तामाङले बताए ।

सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए । मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचिबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्