Logo
Logo

१६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन


819
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर र सम्पर्कमा नआएका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । प्रहरीहरुले आफूहरु गैरहाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

प्रतिक्रिया दिनुहोस्