Logo
Logo

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस


504
Shares

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिष्टर पदका लागि छनौटमा परेका ७ जना मध्येबाट डा. आचार्य सिफारिस भएका हुन् ।

मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।

उपकुलपति कार्यालयले प्रकाशित गरेको सूचनाको योग्यताक्रमको पहिलो नम्बर आचार्य रहेका छन् । दोस्रोमा प्रा.डा. नरेन्द्र कटुवाल, तेस्रोमा प्रा.डा. लालमणि पाण्डे, चौथोमा प्रा.डा. काजिराम अधिकारी, पाँचौंमा इन्द्र प्रसाद काफ्ले, छैठौंमा डा. घनश्याम न्यौपाने र सातौंमा रहेका डा. गणेशप्रसाद घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्