Logo
Logo

एमाले कार्यालयमा प्रचण्ड र माधव, अस्वस्थ ओली


2k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेकपा माओृवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरु सहभागी छन् ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सत्ता गठबन्धनसँग असन्तुष्ट भइरहेका बेला माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि अस्वस्थताका कारण आफू उपस्थित हुन नसकेको खबर पठाएका छन् । एमाले अध्यक्ष ओली अस्वस्थ नभएको भए सत्ता साझेदार तीनै कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिने थिए ।

स्मृति प्रतिष्ठानका महासचिव प्रल्हाद बुढाथोकीले तीनैजना कम्युनिस्ट शीर्ष नेतालाई सहभागी गराएर कार्यक्रम राखेको बताउँदै भने, ‘नेपालमा कम्युनिस्ट स्थापना भएको ७५औँ वर्ष पुगेको अवसर पारेको यो कार्यक्रम गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्