Logo
Logo

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कतारका अमिर (राजा)ले नेपाल भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले कतारका अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

कतारका अमिर राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । सो क्रममा उनले राष्ट्रपतिसहित प्रधानमन्त्री लगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने छन् । अमिरको नेपाल भ्रमण खाडी मुलकबाट पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्