Logo
Logo

मरासिनी बने अर्थसचिव


4.9k
Shares

काठमाडौं । सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको हो ।

पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएलगत्तै सरकारले मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

तत्कालीन वाणिज्य सचिव रहेका बेला मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । शुक्रबार विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

अर्थ मन्त्रालयको लामो अनुभव सँगालेका मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् । उनी वैदेशिक सहायता मामिलाका विज्ञ समेत मानिन्छन् । त्यस्तै बैठकले हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्