Logo
Logo

हिरक महोत्सव : पूवराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान



काठमाडौं । नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार आज जारी समारोहमा विशेष वक्ताको रूपमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री देउवा रहेका छन् ।

समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गरिएको छ । उनलाई एमाले अध्यक्ष केपी ओलीले सम्मान प्रदान गरे । भण्डारीलाई नेपालको पहिलो राष्ट्रपति र उनले राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै समान गरिएको हो ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले)का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेता, मन्त्री र सांसदहरू सहभागी छन् ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् । एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्