Logo
Logo

उपनिर्वाचन : इलाम र बझाङमा १६ सय ९४ कर्मचारी खटाइने



काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि करिब एक हजार सात सय कर्मचारी खटाउने भएको छ । उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने छन् । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्