संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजेतिर चिचिला गाउँपालिका–२ छयाङकुटी गोगनेनजिकै प्र.१–०२–००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै नै मृत्यु भएको छ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका– २ का ३२ वर्षीय दाबा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताए। उनका अनुसार चिचिला–५ देवीटारमा सामान पु¥याई खाँदबारी फर्किने क्रममा चिचिला–२ छयाङकुटी गोगनेनजिकै ट्याक्टर ब्रेकफेल भई दुर्घटना भएको हो ।
ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा परी सहचालक चिचिला–२ का लाक्पा रिञ्जिन शेर्पा सामान्य घाइते भएका छन् ।














