Logo
Logo

लगानी सम्मेलन सफल बनाउन सबै दल एक ठाउँ छन्ः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौँमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


अर्थमन्त्री पुनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको जिकिर गरे । उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिबद्धताहरू समान रहेको बताए । उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे ।


अर्थमन्त्री पुनले प्रतिबद्धताहरू, नीतिका निरन्तरताहरू लगानी सम्मेलनमा देख्न सकिने बताए । उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।

उनले भने,‘यो नेपालको सम्मेलन हो । कुनै सरकारको मात्रै होइन । देशले अपिल गरेको कुरा हो । हामी लगानीको वातावरण बनाउँछौँ । सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन भएको छैन, हुँदैन भन्नेकुरा यसमा झल्काउँछौँ ।’

अर्थमन्त्री पुनले लगानीकर्ताहरूले प्रतिबद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरूको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरू लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्