
काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा.प्र.०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ














