Logo
Logo

एकीकृत समाजवादी दाङले मनायो नेकपा स्थापना दिवस



काठमाडौं । नेकपा एकीकृत समाजवादी दाङले नेकपा स्थापना दिवस मनाएको छ । सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एकीकृत समाजवादीले नेकपाको स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि सभासद एवं समाजवादी दाङकी सह इन्चार्ज अनारकली मिया थिइन् ।

कार्यक्रममा बोल्दै उनले भनिन्, ‘पुष्पलाल लगायतका नेताहरुले योगदान नगरेका भए आज कम्युनिष्ट पार्टी हुने थिएनन् । हामी पनि हुने थिएनौँ । केपी ओलीले दुई दुई पटक संसद विघटन नगरेको भए फेरि पनि विशाल नेकपा बनाउने सपना पुरा हुने थियो ।’

केपी ओलीकै कारण नेकपा बनाउने सपना समाप्त भएको उनको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य टोपेन्द्र बहादुर खत्रीले जनताको सेवा गर्नुपर्नेमा नेताहरु कमाउ धन्दामा लागेको आरोप लगाए ।

समाजवादीका जिल्ला अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजवादीका नेताहरु प्रेम बक्स मियाँ, रामप्रसाद चौधरी, गुरु प्रसाद महरा, ससमती चौधरी, भिमबहादुर सार्की, डिल बहादुर पुन, खिमा मगर लगायतले नेकपा स्थापना र अबको बाटोबारे मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण एकीकृत समाजवादीका उप सचिव सूर्य बिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्