Logo
Logo

सर्लाहीमा भान्सामा ग्यास लिक भएर फैलिएको आगोले ७२ घर ध्वस्त


1.8k
Shares

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरणमा आगलागी हुँदा ७० घर जलेर खरानी भएका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरको भान्सामा ग्यास लिक भएर फैलिएको आगोले गाउँका करिब ७० घर जलेर खरानी भएको हो ।

दिउँसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । सर्लाहीको भैरवीदल गण मलंगवाबाट सेनानी कृष्णप्रसाद पन्तको कमान्डमा ३० जना सैनिक खटिएका थिए ।

नगरप्रमुख जवाहरलाल यादवका अनुसार भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्