Logo
Logo

इन्डोनेसियन प्रहरी प्रमुखद्धारा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको अवलोकन


567
Shares

काठमाडौं । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेको छ ।

सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउँदै संयुक्त राष्ट्र संघीय मिशन तालिमलगायत अन्य विविध तालिमहरुमा समेत दुई देशबीच सुरक्षाकर्मीहरुको एक आपसमा सहभागीता बढाउँदै सुरक्षाकर्मीहरुको क्षमता अभिबृद्धि गराउनुपर्ने बताए ।

कार्यक्रममा अवलोकन भ्रमण टोलीले सशस्त्र प्रहरी बल नेपालको बारेमा राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रष्ट पार्नुकासाथै दुई देशका संगठनबीच आपसी सहयोग र सहकार्य भविष्यमा समेत निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा सहभागिता लगायतका विविध विषयमा प्रस्तुतीकरण गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बरिष्ठ अधिकृतहरुको पनि उपस्थिती थियो ।

आइजीपी कृष्ण मुर्तीसहितको टोलीले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको यू.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनीको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्