Logo
Logo

आज चार संसदीय समितिको बैठक बस्दै


1.2k
Shares

काठमाडौं । संघीय संसदअन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाका विषयमा छलफल गर्ने तयारी छ ।

त्यस्तै ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

दिउँसो १ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा आगामी बजेट २०८१र०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । त्यसैगरी दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दै छ । बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुने समितले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्