Logo
Logo

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेबारे माओवादी अनिर्णित


1.1k
Shares

कैलाली । सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा सत्ता रुढ दल नेकपा माओवादी केन्द्र अलमलमा परेको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मतको लागि आज साँझ प्रदेशसभा बैठक बोलाएका छन् । तर, सत्तारुढ दल माओवादीले अहिले बिहानसम्म मुख्यमन्त्री सोडारीलाई मत दिनेबारे निर्णय गरेको छैन ।

माओवादी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक नै अनिश्चित रहेको भन्दै दलको बैठकसमेत बस्न नसकेको बताए । साथै, मुख्यमन्त्रीका लागि समर्थन जनाएको नेकपा एमाले सरकार बाहिर छ ।

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने बताउँदै आएको छ । जसका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनेबारे अन्यौल सिर्जना भएको छ । विश्वासको मतबारे माओवादीले निर्णय नगर्दा प्रदेशसभा बैठक नै अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्