Logo
Logo

देउवाले भने- पार्टीमा देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गरौँ


63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अहिले धेरै चुनौतीहरू देखापरेको बताएका छन् ।

शुक्रबार पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा देखिएको चुनौतीको सामना गर्न पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गरे ।

‘अहिले कांग्रेसको अगाडि धेरै चुनौतीहरू छन्, त्यसको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ’ सभापति देउवाले भने, ‘त्यो चुनौतीहरु सामना गर्दै अगाडि बढ्छ भन्ने मलाई विश्वास छ ।’ देशका युवा पङ्क्तिमा खेलप्रति अहिले आकर्षण बढ्दै गएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्