
काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको नेपाल भ्रमणमा आउने भएका छन् । उनी एकदिने भ्रमणका लागि आइतबार नेपाल आइपुग्ने भएका हुन् ।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।
नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ । नेपालस्थित जापानको दूतावासले पनि विदेशमन्त्री योकोको भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ ।














