Logo
Logo

दरबारमार्गबाट हुण्डीको रकमसहित दुईजना पक्राउ



काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले करिब ९८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकम हुन्डीको भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा दुवै जना पुरुष रहेका छन् ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनका अनुसार ती पक्राउ पर्ने बुटवलका हुन् ।

दरबारमार्गको जय नेपाल सिनेमा हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । थप कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्