Logo
Logo

असार दोस्रो हप्ताभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी


315
Shares

काठमाडौं । असार दोस्रो हप्ताभित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

बोर्डका अनुसार परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्