Logo
Logo

केपी ओली अस्वस्थ


5.9k
Shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीलाई दाँत दुख्ने समस्या भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख सचेतक बर्तौलाले भने, “अध्यक्षज्यूलाई दाँतले दु:ख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ । आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।”

प्रतिक्रिया दिनुहोस्