कुन्ठाको राजनीति


Published On : 18 May, 2020

  • यादव शर्मा

स्वस्थ मन–मस्तिष्क, प्रष्ट दृष्टिकोण, स्पष्ट विचार र दृढ संकल्प एउटा नेताका उत्कृष्ट लक्षण हुन्, सम्पति हुन् । यसैले एउटा सामान्य मानिसको कोटीबाट एउटा व्यक्तिलाई विशिष्ट र त्यसबाट पनि नेतृत्वमा पु¥याउँछ । यस्तो व्यक्तिको सकारात्मक शोच, त्याग र वलिदानी भावनाले समाज र राष्ट्रमा आधारभूत परिवर्तनको थालनी र विकास हुन्छ । रुग्ण चिन्तन र कुण्ठा, निराशा एंव बदलाको भावनाले खचाखच भरिएको ब्यक्ति विकास, समृद्धि र रुपान्तरणको सारथी बन्न सक्दैन । अतृप्त चाहनाहरुको दासताभित्र युगले बोकाएको नरम जुवा थाम्ने औकात हुँदैन । त्यसले भजन मण्डलीको परिचालन, भाटहरुको स्तुतिगान तथा ठगी, छल र प्रपञ्चमा राज्यका श्रोतहरुको दोहन सुरु गर्दछ । र, अन्तत्वगत्वा राष्ट्रलाई ओरालो लगाएर व्यक्ति पनि पतित हुन पुग्छ । यस सन्दर्भमा निम्नलिखित केही राष्ट्र र तिनका शासकहरुको इतिहास अवलोकन गर्न उचित हुन्छ ।

१, अमेरिकी शासन प्रणालीको इतिहासमा अस्वथ्य राष्ट्रपतिहरुको लामो सूची छ । तिनमा राष्ट्र«पति वुड्रो विल्सनको नाम सर्वोपरी छ । १९०६ मा राष्ट्रपति निर्वाचित हुँदा उनी गम्भिर उच्च रक्तचापका विरामी थिए । उनका छोराको दबावमा रोग लुुकाइयो र बाबुका नाममा छोराको मनपरी चल्न थाल्यो ।
राष्ट्रपति आइजर्न हावर राष्ट्रपति वुड्रो विल्सनको बिरामी र सत्ता दुवैका सक्सेशर थिए । १९७० तिर निर्वाचित राष्ट्रपति जोन अफ केनडी एक दुव्र्र्यसनी थिए । उनी स्टेरोइड दुरुपयोगका आदि थिए । त्यसैले गर्दा लागुऔषधको नसामा उनले उनकै उपराष्ट्रपति रिचार्ड निम्सनका गाला चड्काएका थिए । यही दुव्र्र्यसनको सनकमा उनले बे अफ पिग्स माथि आक्रमण गराए । माफियाकी प्रेमिकालाई राष्ट्रिय पाहुना बनाएर आफ्नो पतन आफैँले सुुरु गरे । १९८५ मा राष्ट्रपति रोनाल्ड रेगनमा क्यान्सर भएको पत्ता लाग्यो । उनले भने आफ्नो रोग स्विकार्ने साहस गरेर पदबाट राजिनामा दिए । यस मामिलामा उनी एक अद्वितिय साहसका धनी मानिन्छन् । आम रोगी नेताहरुले आफ्नो जिवनतन्तु पदसँग गाँसिएको ठान्ने हुँदा पद गयोकि जीवनतन्तु चट्ट बन्ने हुँदा त्यसैमा टाँसिने प्रयत्नमा धेरै अपराध गर्न पुग्छन् ।
२, १९८६ मा फ्रान्स्वाँ मित्तेरा फ्रान्सको राष्ट्रपति निर्वाचित भएका थिए । उनी क्यान्सर पीडित थिए र उनलाई राज्य र राजनीति भन्दा आफ्नो रोगको शिघ्र उपचारको चासो थियो । उनको कमजोर स्वास्थ्य स्थिति १३ बर्षसम्म लुकाइयो । उनले राजकीय मामिलामा ध्यान दिन नसक्दा कुनैबेला युरोपको शक्तिशाली र सम्पन्न फ्रान्स अमेरिकाको कठपुतलीमा रुपान्तरण हुन पुग्यो ।
३, ब्रिटिस प्रधानमन्त्री राम्सी, म्याकडोनल्ड र च्याम्बरलिनहरुको पनि स्वास्थ्य स्थिति खराब थियो । उनीहरु असल उपचार, पूर्णस्वस्थ र सुविधाहरु लागि राजकीय मामिला र सुशासनभन्दा वढी नै केन्द्रित हुने गर्दथे । च्याम्बरलिन पेटको क्यान्सरबाट पीडित थिए । उनले बिरामी अवस्थामा गरेको निर्णयका कारण बेलायत दोस्रो विश्व युद्धमा होमियो र परिणामत ग्रेट ब्रिटेनको पतन सुरु भयो । यसैगरी स्वेज नहर विवादताका प्रधानमन्त्री एण्टोनी ईडन दुव्र्यसनी भएको थाहा लागेको थियो । कुनै एक समय उनलाई दुव्र्यसनबाट मुक्त गर्न जमाईकाको पुर्नस्थापन केन्द्रमा राखिएको थियो । उनलाई शक्तिमा झुण्डिरहने चरम सोख थियो र त्यसैले गर्दा १०६ डिग्री ज्वरो आउँदा समेत ओभरडोज औषधी लिएर शक्ति परिचालन गर्नमै उद्दत रहन्थे । त्यसैले उनलाई The Feverish Prime Minister को उपनामले चिनिन्थ्यो । उनको यही रुग्ण शारिरीक एवं मानसिक स्थितिका कारण बिट्रेनको समृद्धि र शसक्त विदेशनीति धरासायी हुन पुुग्यो । उनले स्वेज नहरको बागडोर अमेरिकाको पोल्टामा हाली दिए । यसैगरी प्रधानमन्त्री ह्यारोल्डो विल्सनले १९७५ मा युरोपियन युनियनको सदस्यताबारे जनमत संग्रह गराए र नदुखेकोे कपाल डोरी लाएर दुखाए । उनी अल्जाइमरका बिरामी थिए र उनलाई बिहान खाएकोे खाजाबारे दिउँसो सोध्दा बिर्सिसकेका हुन्थे । त्यसैले उनका सन्दर्भमा एउटा गजवको व्यंग्य छ, His near photographic memory was not working so that his reminiscence of years gone remained excellent but now he could not keep in mind what he had had breakfast on that very morning.  उनका स्वास्थ्य अवस्था राम्रो भएको भए बिट्रेन ब्रेक्जीट इस्युमा रुमल्लिने थिएन ।
४, कुनै समय तेलका बादशाहको उपनामले चर्चित इरानका बादशाह १९८० तिर क्यान्सर पीडित भए । उनी बिरामी हुनुअघि इरान समृद्ध राष्ट्र थियो । बिरामीका कारण उनले राजकीय सत्ता सञ्चालमा ध्यान पु¥याउन नसक्दा राष्ट्र विद्रोहको भूमरीमा फस्न पुग्यो र अन्ततः धार्मिक अतिवादको सिकार भयो ।
५, रोगी नेताले पारेका पिडादायी प्रभाव मध्य भारत–पाक विभाजनको इतिहास अत्यन्त दुखदायी छ । यो बिभाजनबाट न समस्या समाधान भयो, न गान्धी बाँचे न त चित्त बुुझाउन कुनै ठाउँ रह्यो । सत्तामोह, व्यक्तिगत स्वार्थको तुष्टिकरण र दुरकांक्षाका कारण गुट, फुट र भएका विभाजनवाट कसैको भलो भएको इतिहास छैन र अब पनि हुँदैन । टि.बीद्वारा पीडित जिन्नाको सत्तालिप्सा, गान्धीको द्वन्द व्यवस्थापनमा देखापरेको असक्षमता तथा नेहरु–पटेलको देशभन्दा पद ठूलो देख्ने प्रबृत्तिका कारण भारत–पाक विभाजनको कारक बन्न भयो ।
६, १९७४ तिर युगाण्डामा दादा इदि अमिनको अमानविय शासन शैनिक विद्रोहको माध्यमबाट स्थापना भयो । उनका अत्याचारहरु मानविय कल्पनाभन्दा बाहिरका हुुने गर्दथे । विरोधीहरुको हत्या मात्र नभै तिनीहरुको मुटु, कलेजो पोलेर खानेसम्मका घृणित कामहरु उनीबाट भएको आरोप छ । तर, ताञ्जनीयन सैनिकको उगान्डा आक्रमणपछि उनी १९७९ तिर साउदी अरेबिया पलायन भए । अन्ततगन्वा अमिनसँग न राष्ट्र, न राष्ट्रपति न त राष्ट्रियता नै बाँकी रहयो ।
७, रसियाका राष्ट्रपति लियोसिद ब्रेजनेम १९७७ देखि नै क्यान्सरका बिरामी थिए । तर, उनको विरामी लुकाइयो, सार्वजनिक गरिएन र दुर्दशा नआएसम्म पर्खने काम भयो । राज्य प्रमुखले राजकीय मामिला र राज्य संयन्त्रप्रति ध्यान नपु¥याउनु, आफ्नै विरामीबारे केन्द्रित हुनु एवं नियन्त्रण तथा सन्तुलन बिगार्नु १९९० सम्म आइपुग्दा रसियाजस्तो शक्तिशाली मुलुक धरासायी हुन पुग्यो ।
८, टिटोको जीवनकालसम्म तिव्ररुपमा विकसित हुँदै गरेको एउटा युरोपेली मुुलुक, ‘युगोस्लाभियना उनको मृत्युपश्चात छिन्न भिन्न हुन पुग्यो । विखण्डनवादी आन्दोलनको नेता मिलोसोभिचको दुराकांक्षा त्यस मुलुकको दुर्भाग्य सावित भयो । मिलोसोभिच दुराग्रही मात्र थिएनन् उनी वंशाणुगत मानसिक रोगी पनि थिए । उनी मात्र नभै उनका वाबु–आमा दुवैले मानसिक असन्तुलनका कारण आत्महत्या गरेका थिए ।
९, १९५६ मा उर्हो नेकोनेन फिनल्याण्डका राष्ट्रपति भए । त्यति बेला उनी अल्जाइमरले प्रताडित थिए । राष्ट्रहित सम्बन्धि मूल्य, मान्यता र परम्पराहरुलाई भर्सेलामा थुपारेर आफ्नै स्वार्थ एवं दुराकांक्षा अनुसारको परराष्ट्रनीति निर्माणको प्रयत्नमा लागे । तर फिनल्याण्डको संसदले उनको जबर–जस्तीलाई अनुमोदन गरिदिएन र उनी पद छाड्न वाध्य भए । सौभाग्यवस फिनल्याण्ड एक पाखे परराष्ट्रनीति अवलम्वन गर्नुपर्ने वाध्यतावाट जोगिन सक्यो ।
१०, उपर्यक्त सत्तासिनहरुका भूतबाट नेपाल पनि लखेटिएकै छ । रणबहादुर शाहदेखि आजसम्मका रोगी बिरामीहरुबाट शासित नेपाल इतिहासको यस कालखण्डमा अत्यन्तै प्रताणित भएको छ । संसारका सबै रोगी बिमारीहरु उपचारका लागि योग्य हुन्छन तर शासनका लागि कदाचित योग्य हुन सक्दैन ।
एम.सी.सी प्रकरण, गुठी विधेयकको प्रस्तुति र फिर्ता, दुई अध्यादेशहरुको प्रस्तुती, स्वीकृति र खारेजी एवं बैठकबाट पलायनजस्ता बिरामीहरु तिनै अन्तर्राष्ट्रिय उत्तरअधिकारको असन्तुलित मनोदशा र त्यसका उपज हुन् ।

प्रकाशित मिति  : सोमबार, ५ जेठ २०७७

प्रतिक्रिया दिनुहोस्