Logo
Logo

लावण्य देश र हात्तीको प्रशंग


यादवचन्द्र शर्मा


  • यादवचन्द्र शर्मा

एउटा मस्त हात्ती लावण्य देशमा उपस्थित हुन्छ, एकजना युवा अगाडि टक्क रोकिन्छ । त्यो युवालाई सुवर्ण कलशको गंगाजलले अभिषेक गर्दछ र वैजयन्तीफूलको माला अर्पण गर्दछ । यो क्रिया–प्रतिकृयामा कर्तलध्वनीले वातावरण गुञ्जायमान हुन्छ र देशवासीले नयाँ राजा पाउँछन् ।
यो शालीनदी किनारमा अवस्थित प्राचिन राज्यको रीति हो र पौराणिक इतिहासको अÔुण्य अंश हो । आजसम्म लावण्य देश, इतिहासले जिम्मा लगाएको धरोहरको रुपमा परम्परा धानिरहेको छ, मानिरहेको छ र तिलस्मी हात्ती नै राजा छानिरहेको छ ।
इतिहासको त्यस कालखण्डदेखि आजसम्म पनि हात्तीहरुको अनन्तः यात्रा जारी छ । त्यो अनन्तः श्रृखला अन्र्तगत भरखरै एउटा हात्तीले लावण्य नगरीको सिमाभित्र प्रवेश गरेको सूचना प्राप्त भएको छ । यिनीहरुको प्रवेश, विगविगी र उपद्रो लावण्य देशवासीका लागि कुनै विरलाकोटीको घटना होइन । राजा बनाउने हात्तीलाई कसले रोक्ने, कसले छेक्ने ? नागरिकको कार्य भनेको राज्यको तिरो तिर्ने, बेठबेगारमा उपस्थित हुने र उर्दीपूर्दीको परिपालना गर्ने कुरामै सीमित रहेको थियो ।

जनतालाई देश दुख्छ र देशको माटो दुख्छ, राष्ट्र दुख्छ र राष्ट्रियता दुख्छ । तर, हात्तीको निगाहामा वरण हुने राजाको केही दुख्दैन । उसको टाउको घमण्डको श्रीपेचले छोपिएको हुन्छ, छाती आडम्बरको कवचले बाँधिएको हुन्छ र खुट्टामा उडनखराउ जडिएका हुन्छन् । उ हात्तीको आशीर्वादमा उत्तरोत्तर प्रगतिको कामना गर्छ, कुभलो चिताए अवनतिको सन्त्रास अभिबृद्धि हुन्छ । यो प्रकृया प्राग–ऐतिहासिककालको गोमा नन्दन नवराजको पालादेखि निरन्तर चलिआएको छ र अन्तको अझै आभाष छैन ।

राजाको मुख्य जिम्मेवारी भनेको जनता कज्याउने काजी नियुक्त गर्ने, भाट मण्डली ब्यवस्थापन गर्ने र हात्तीको सोझो चिताउने थियो । जनमत भन्ने भारी–भरकम शब्दको कुनै मुल्य–मान्यता थिएन । जनता, राष्ट्र र लोकतन्त्रप्रति उत्तरदायित्व हात्ती भक्ति सीमित थियो । ‘प्रजा मोटा भए देश बलियो हुन्छ’ भन्नुभन्दा हात्ती बलियो भए फेरी राजा भइन्छ भन्ने दृढ मान्यता थियो । हात्ती दाहिना भए अरुको अर्थ थिएन । देश रहे राजा रहन्छ भन्ने उखान पाखण्डको पर्याय थियो । हात्ती रहे राजा आउँछ भन्ने अकाट्य विश्वास थियो । समयले त्यो विश्वासलाई अझ बलशाली पार्दै गयो ।
कालक्रममा यो दुर्दान्त प्राणीलाई दरबार पसेर भाँडभैलो मच्चाउने छुट मिल्दै गयो । कोतपर्व र भण्डारखालपर्वहरुका विभिषिका बन्दै गए । सीमा स्तम्भहरु बेरोकटोक ध्वस्त भए । च्याङथापु, लिपुलेक वा सुस्ता र महेशपुरलगायत चौहत्तर ठाउँहरु मस्मिण्डि भए । यी सबै घटना र दुर्घटना आजसम्म पनि सामान्य छन् ।

जनतालाई देश दुख्छ र देशको माटो दुख्छ, राष्ट्र दुख्छ र राष्ट्रियता दुख्छ । तर, हात्तीको निगाहामा वरण हुने राजाको केही दुख्दैन । उसको टाउको घमण्डको श्रीपेचले छोपिएको हुन्छ, छाती आडम्बरको कवचले बाँधिएको हुन्छ र खुट्टामा उडनखराउ जडिएका हुन्छन् । उ हात्तीको आशीर्वादमा उत्तरोत्तर प्रगतिको कामना गर्छ, कुभलो चिताए अवनतिको सन्त्रास अभिबृद्धि हुन्छ । यो प्रकृया प्राग–ऐतिहासिककालको गोमा नन्दन नवराजको पालादेखि निरन्तर चलिआएको छ र अन्तको अझै आभाष छैन ।

आज फेरी कताकताबाट चुनौतीका गर्जनहरु सुनिँदैछन् । राजा भयाक्रान्त छन्, भारदायी सभा मौन छ । सदनले विषय स्थगनको सूचना टाँसेको छ । धुप–धुवाँर चलिरहेको छ, दीपहरु प्रज्वलित भएका छन् र स्तुति–पाठ, पूजा–अर्चना एवं भजन–किर्तनहरु जारी छन् । राष्ट्र संचालनका विधिविधान र पद्दतिहरु जति कुल्चिए–लत्याए पनि पूजा–अर्चनाको विधि–विधानमा त्रुटी हुन हुदैन ।
बेला बखतमा साष्टांक दण्डवत्को प्रकृया चलिरहेको छ । राजाको हित हात्तीको प्रशन्नतामा निर्भर छ भन्ने विषयमा चरण कविहरु पूर्ण सचेत देखिन्छन् । राजा चुनौमै छन् र हात्तीको हित गर्ने विषय भालुको कन्पट भएको छ ।
महाराज नवराजको उपभोक्तावादी चिन्तनका कारण कमजोर भएकोे राष्ट्रिय एकता, अखण्डता र राष्ट्रको सुदृढीकरणका कारण यो परिस्थिति आएको हो । विधान र नियमहरुको परिपालना घुम्ने कुर्सीमा बसेपछि आफैँ हुन्छ भन्ने चिन्तनले देश हित धरासायी भएको छ । भ्रष्टाचारलाई राजधर्म र छल, कपट र प्रपञ्चलाई राष्ट्रिय संस्कृतिको रुपमा ग्रहण गर्ने राजामाथि मेटिएको हात्तीले निर्देशन गरिरहेका छ ।
नजरानाबाट निष्ठाको परिÔण, तिघ्रा ठटाएर तर्कको सत्यापन र घात–प्रतिघात र अन्तरघातमार्फत विवेकको प्रयोग भएपछि अनन्तः अपराधका शिलशिला चलिरन्छन् । अराजकता र स्वेच्छाचारिताले सीमा नाघेपछि तिलस्मी शक्तिको जप–तप राजाको नियत र नियति दुबै हुन पुग्छ । लोकतन्त्र र समाजवाद भन्दा हात्ती ठूलो, बुद्धि भन्दा भैसी ठूलो र सबैभन्दा मै ठूलो भन्ने दम्भले विकास र समृद्धिको चिन्तनमा तुषारापात हुन्छ । लोकतन्त्र र समाजवादबारे जतिसुकै ठूला डिङ हाँके पनि महाराज नवराज सारमा तानाशाह नै हुन् र सत्तालिप्साका महारोगी हुन् ।
तानाशाहहरुको कुनै जात, धर्म र राष्ट्रिय संस्किृति एवं नैतिकता हँुदैन । राष्ट्रवाद मौसमी हुन्छ र जनता पनि उत्पादन एवं मनोरञ्जनका साधनमात्र हुन्छन् । देश निजी श्रोतको साधन हुन्छ र विधि–विधान एवं नियम, कानूनहरु असहमत पÔ दलनको औजार हुन्छ । मिले मतै–मत भन्ने सिद्धान्त हावी हुने भएकोले नातावाद कृपावादको गोरु ब्याउँछ र अरुकोे गाई पनि थारै बस्छ ।
यसरी उत्पन्न हुने असहज परिस्थितिको सामना गर्नु परेपछि फेरि पनि तिलस्मी शक्तिकै आह्वान हुन्छ र विलौनाका स्वरहरु तरंगित हुन थाल्छन् । प्रलयाश्रु बर्षन्छन् र कोकोहोल मच्चिन थाल्छ । काम गर्न दिइएन, एक्ल्याइयो, घेराबन्दीमा पारियो र मान–मर्दन गरियो भन्ने कर्णकर्कस सुरहरुमा ताल ठोक्दै भाटहरु सडक तताउन थाल्छन् ।
रोम जलिरहेको आर्तनादमा पनि निरो वाँसुरी बजाउन सक्छ । यो उसको अद्वितीय विशेषता हो । प्राचिन वा अर्वाचिन जहिलेसुकै भएपनि सबै निरोलाई आ–आफ्नो बाँसुरीको धुन मिठो लाग्छ, श्रुतिमाधुर्यतायुक्त हुन्छ ।
लावण्य देशको इतिहास, परम्परा र संस्कृति अनुसार विधि, पद्धति र सिद्धान्तको परिपालना भन्दा लम्पसारवादको अभ्यासलाई प्रधानता दिइन्थ्यो । प्रणाली पन्छाएर जस्केलाबाट प्रवेश गर्नु कुशलताको द्योतक मानिन्थ्यो । जस्तोसुकै विषय पनि किचन क्याविनेट बाटै निर्णय गर्नु र संस्थागत निर्णय लत्याउनु महाराजाको रोग वा शोख के थियो कसैलाई थाहा थिएन ।
एउटै हात्तिको दवावमा तिलमिलाइरहेका महाराजमाथि अहिले अर्को एउटा सेतो हात्तिको दवाव परेको छ । एउटा अजंगको घाँडो भिरेर महाराज निवास र कार्यालय दौडिरहेका छन् । उक्त हात्तीले ठूलो–ठूलो स्वरमा ‘दुगुर राजा दुगुर, तेरो घरमा चोर पस्ला, सातु–सामल बुकाउला, बस्ने कुर्सी लुकाउला’ भन्दै चिच्याइ रहेको छ । राजाको होस् उडेको छ र नेपथ्यामा पर कतै ‘मुस्किल बढी है, यह जानता नही, दिल है के मानता नही’ भन्ने गीत बजिरहेको छ ।
सम्झनाका तरेलीहरु खुल्दै जाँदा विगतका परत खुल्न थाल्छन् । डेढ दशकको यातनाको भेल, त्यसपछि खुराफातको खेल र बाँकी समय हात्तीका पाउमा चमेलीको तेल घसेर प्राप्त सुविधाहरु हत्केलाको फिलुंगो भएपछि त्यो मन त्यसै मर्ने नै भयो, मनमा पीर त पर्ने नै भयो ।
सत्ता उन्मादको बेहोशीपछि होस्मा आउँदा राष्ट्रिय अस्मिता लुटिएको, स्वाभिमान कुटिएको र महाराजको बुद्धि भुटिएको प्रशंग अवश्य पनि प्रिय हुन सक्दैन । सेतो हात्तीको जबरजस्त निर्देशनमा आश्वासनका नयाँ दियाहरु बाल्छु भन्दा पुराना पनि निभ्ने बढ्छ ।
काल्पनिक उडानलाई टपरीमाथि वलात अवतरण गराउन सम्भव हँुदैन । भारदारी सभामा प्रस्तुत भएको संशोधन प्रस्ताव स्थगनले राष्ट्रवादी परिधानमा एसिड परेको छ । इतिहासले उपलब्ध गराएको अवसरको दुरुपयोग गर्नेलाई सोही इतिहासले परिहासको पात्र बनाएर खडा गरिदिन्छ र त्यसपछि मौसमी राष्ट्रवादको दुन्दुभी खोलाको गीतजस्तै अस्पष्ट र मधुरो हँुदै जान्छ ।
अन्तत्वगत्वा महाराजलाई जनताबाट चुनिनुपर्ने चुनौति चुलिन थाल्छ र हात्तीलाई पनि एक माघले जाडो जाँदैन भन्ने अन्तरज्ञान बोधगम्य हुन थाल्छ । हात्ती आफैँ अरण्य यात्रामा फर्कन्छ र महाराजका पनि आँखा सन्काउने, हात लम्काउने र नन्दी–भृङ्गी परिचालन गर्ने दिन सकिन्छन् । कुनै एक दिन लावण्य नगरीका नागरिकले पनि चर्चिललेझैँ एकै स्वरमा ‘पुग्यो महाराज, पर्याप्त भयो । अब हामीमाथि कृपा गर्नुसु, आफैँमाथि दया गर्नुस् र श्रीपेच फुकालेर विदा लिनुस् अनि घर गएर आराम गर्नुस्’ भने अनौठो नमाने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्