भनिन्छ, ‘इच्छाएमा असम्भव भन्ने हुँदैन ।’ यसैका एक उदाहरण हुन्, सीता सुबेदी । सीताको एउटा खुट्टा छैन । उनी एउटै खुट्टाले छमछमी नाच्छिन् । उनको प्रतिभा र जोशलाई लिएर प्रेरणा बन्न सक्छ । ‘क्लासिक डान्स’ गरेरै चर्चामा आएकी सीता भन्छिन्, ‘इच्छा र रुची भएपनि गर्न सकिने रहेछ ।’
क्लासिक डान्समा अब्बल सीता हालै ‘एमएस व्युटि पेजेन्ट’मा शीर्ष सहभागी जित्न सफल भएपछि थप चर्चामा आएकी छन् । १२ बर्षको हुँदा बोनम्यारो क्यान्सरका कारण दे्रब्रे खुट्टा गुमाएकी सीताले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकलाबाट संगीतमा स्नातक गरेकी छन् । साथै, नेपाली साहित्यमा स्नाकोत्तर गरेकी चितवन मेघौलीकी सीता सुवेदीसँग रेजिना पाण्डेको जम्काभेट :

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
केही समय मैले पर्यटन क्षेत्रमा काम गरेको थिएँ । अहिले पनि यही काम गरिरहको छु । नृत्य र गायनका साथै विभिन्न कार्यक्रमहरुमा निणर्यको काम पनि गरिरहैको छु । शिक्षा सबै भन्दा ठूलो लाग्छ मलाई । यसलै म थप केही बिषय पढौँ कि भनेर सोचिरहेकी छु ।
नृत्यप्रति तपाइँको रुची कसरी जाग्यो ?
नृत्य, गीत संगीत प्रतिको मेरो रुचि बाल्यकालदेखिकै हो । मेरो यही रुचि र रहरलाई पूरा गर्न आज पनि लागिपरिरहको छु । यसैमा सर्घष गरिरहेकी छु ।
एउटा खुट्टा एक्कासी गुमाउनुपर्दा कस्तो अनुभव भयो ?
-अब बाच्नका लागि खुटृालाई काट्नैपर्छ भनेर म तयारी नै थिएँ । तर, जब मेरो एउटा खुटृा काटियो, तब समाजले हेर्ने दृष्टिकोण र सोच फरक पाउँदा साहै दुःख लाग्यो । मलाई खुट्टा काटिएकामा पिर थिएन, तर समाजले दिएको पीडाले मेरो मन सधै जलिरहन्थ्यो । परिवारको तनाव देखेर म भकानिन्थेँ ।
त्यो अवस्था पार गरिरहँदा तपाइँलाई के लाग्थ्यो ?
-केही क्षण निकै बिचलित भएँ । खुट्टा काटिसकेपछि जीवनमा ठुलो डान्सर बन्ने रहर सिद्धियो भन्ने सोचेँ । तर, अस्पतालकै बेडमा एकजना म्यामले सुकन्या वाईवाले भनेको कुरा सम्झाउँदै भन्नुभयो– तिमी एउटै खुटृाले पनि नाच्न सक्छौँ । त्यो शब्दले मलाई निकै पे्ररित ग¥यो । त्यसपछि समाजको बेमतलव निरन्तर पढ्न थालेँ । हरेक कामको प्रयास गर्न छोडिनँ । सपना पूरा गर्छु भनेरै लागिपरेँ । अहिले त्यो सपना पूरा पनि गरेकी छु ।
यस बिचमा परिवारको स्पोट कतिको पाउनुभयो ?
-म निम्न परिवारकी छोरी थिएँ । खासै घरमा पनि बलियो खम्बा थिएन । यसले गर्दा परिवारले सहानुभूति चाहिँ दिन्थे । त्यसैले हिम्मत हारिनँ । मलाई अघि बढ्नु नै थियो । यसका लागि मैले हरेक चिजसँग पैँठोजारी खेल्दै आज यहाँसम्म आएकी छु ।
‘वान लेग शास्त्रीय नृत्यांगना’ भनेर चिनिँदा कस्तो लाग्छ ?
-खुशी लाग्छ, वान लेग शास्त्रीय नृत्यांगना भनेरै विस्तारै धेरैले चिन्दै हुनुहुन्छ । म आफ्नो कलामार्फत आज नेपाललाई विश्वमा चिनाउने प्रयास गर्दैछु । म जस्ता धेरैका लागि पे्ररणा बन्नु छ मलाई ।
चिन्नेहरु तपाइँलाई के भन्छन् ?
‘साहसी सीता भन्छन् । एक खुट्टाको भरमा पनि नाच्ने, त्यो पनि कर्थक नृत्य भन्दै तारिफ गर्छन् । जसले नकारात्मक सोच्थे, आज उनीहरुको सोच बदलिएको छ ।
खुबै नाच्नुहुन्छ, थाक्नुभएको छैन ?
-म नाच्नकै लागि जन्मिएकी हो । त्यसैले म नाचेर थाक्दिनँ । अझै धेरै नाचेर चर्चा बटुल्ने सोच छ ।
तपाइँ नृत्यसँगै गायन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ है ?
-हो, नृत्यसँगै मेरो गायनमा पनि रुचि छ । एक दर्जनभन्दा बढी गीत गाइसकेको छु । भर्खरमात्र ‘सत्य राम राम’ बोलको गीत सार्वजजकि भएको छ । उक्त गीतको राम्रो प्रतिक्रिया पाइरहेकी छु ।
हालै एक व्युटिपेजेन्जेन्टमा उपाधि जित्नुभयो । त्यो कसरी सम्भव भयो ?
-समाजका लागि सम्भव थिएन । तर, मेरो लागि सम्भव भयो । म गर्न सक्छु, जित्छु भनेरै उक्त इभेन्टमा गएकी थिएँ । म जस्ता महिलाहरु यो म पनि केही गर्न सक्छु भनेर लागेका छन् । त्यो देख्दा खुशी लाग्छ ।
यो कार्यक्रममा तपाई जानुको मुल उदेश्य हो ?
-म उक्त कार्यक्रममा जानुको एउटै उद्देश्य भने कुनैपनि व्यक्ति शारीरिक अपांगता भएर पनि केही गर्न सकिन्न भनेर देखाउनु हो । यहाँ मान्छेहरु सोच्छन् कि एउटा अगं नहुँदा उसले केही गर्न सक्दैन भनेर । तर, मैले अपांगता भएकाले पनि केही गर्न सक्छ भनेर देखाएकी हुँ । म मात्र होइन, यहाँ हजारौँ म जस्ता महिलाहरु छन् । उनीहरुलाई बाटो देखाउने प्रयास गरेकी हुँ ।
ब्युटि प्याजेन्टमा भाग लिँदा कस्तो रेस्पोन्स पाउनुभयो ?
-धेरैको कतिको हाँसोको पात्र पनि भएँ । प्रतिस्पर्धीहरुले नै निच भएर व्युटि पेजेन्टमा पनि यस्तो महिला भनेर व्यंग्य गरे । हाम्रा वरिपरिका समाजले दिएको पीडाले आज मलाई कमजोर बनाउँछ भन्ने लागेर मैले आटँ देखाएँ ।
शारीरिक अपांगता कारण भोग्नुपरेका समस्याहरु ?
-धेरै छन् । सुरुका दिनमा गुरुहरुले मलाई डान्स सिकाउन र पढाउन समेत रिजेक्ट गर्नुभयो । काम गरेर प्रमोशन खाने बेला बामबाट निक्लिनु परेको छ । धेरै ठाउँमा तपाइँ गाह्रो कामभन्दा सजिलो काम गर्नुसे भन्छन् । तर, म भन्छु– अपांगता भएका व्यक्तिहरु पनि यही समाजको पात्र हुन् । केही दिन सकिँदैन भने पनि हाँसोको पात्र नबनाऊँ । साह्रै चित्त दुख्दोरहेछ ।