Logo
Logo

मदन र मिडिया


- शम्भु श्रेष्ठ


दृष्टिका कार्यकारी सम्पादक अग्नि शिखाले आफ्नो स्तम्भमा लेखेका थिए– ‘आस्थाको दुबो हो, जो कहिले पनि मर्दैन ।’ जननेता मदन भण्डारीको २९ औँ जन्मजयन्तीमा केही शब्द लेख्न बस्दा मलाई यो शब्द झल्यास्स सम्झना आयो । अग्निशिखा, मदन भण्डारीका पनि प्रिय लेखक थिए । मदन भण्डारी साहित्यकार पनि भएकोले होला, उनलाई अग्निशिखाको भाषा शब्द र प्रस्तुति मन पथ्र्यो । त्यसो त मदन भण्डारी मन नपर्ने व्यक्ति को होला र ? उनको भाषा, शैली र प्रस्तुतिले सिंगो देश हल्लाउथ्यो । दृष्टिमा छापिने हरेक लेख, अन्तर्वार्ता आफैँले दुई÷तीन पटक नपढेसम्म प्रकाशनको अनुमति दिँदैन थिए । पत्रकारिता के हो र समाजमा त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुराको सूक्ष्म चेतना उनीमा थियो । त्यसैले हरेक समाचार, विचार र विभिन्न अखबारमा छापिएका सामग्रीहरु गहिरोसँग अध्ययन गर्ने बानी उनमा थियो । उनी सधैँजसो कालो ब्याग बोकेर दृष्टिको कार्यालय, बागबजार आउँथे । ब्यागभरि पत्रिका र आफूले लेखेका सामग्री हुन्थे । तीमध्ये धेरै सामग्रीहरु पाँचौँ महाधिवेशनताका दृष्टिमा प्रकाशित भई पनि सकेका छन् ।

शम्भु श्रेष्ठ

आज हामीबीच मदन भण्डारी छैनन् । तर, उनको विचारले हुर्काएको पार्टी छ । त्यो पार्टीलाई नेपाली जनताले दुईतिहाइ मत दिएका छन् । मदनले मनमोहन अधिकारीसँग मिलेर नेकपा एमाले बनाए जस्तै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएका छन् । मदन भण्डारीले मनमोहन अधिकारीलाई अभिभावकको जिम्मेवारी सुम्पिएर पार्टीलाई जसरी हाँकेका थिए, मदनका उत्तराधिकारी ओलीले त्यो भारी थेग्न सकेका छैनन् । मदन भण्डारी विधि, विधान, पद्धतिसम्मत ढंगले पार्टी चल्नुपर्छ भन्ने कुरामा दृढ थिए, ओली त्यसको विपरीत चलिरहेका छन् ।

०४८ साल माघ महिनाको कुरा हो । पार्टी महासचिवको हैसियतले एकपटक दृष्टि भेला गर्ने कुरा भयो । पार्टी कार्यालय बागबजारको माथिल्लो कोठामा उपलब्ध पत्रकारहरु भेला भयौँ । त्यो महासचिव भण्डारीसँगको अन्तक्र्रिया थिएन । एक प्रकारले भन्ने हो भने त्यो भेला बहुदलीय व्यवस्था पुनःस्थापना भइसकेपछि, अबको मिडिया नीति कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल थियो । पक्कै पनि लामो समयसम्म पार्टी प्रतिबन्धित रहेको अवस्थामा पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध ३० वर्षसम्म पत्रकारहरुले एउटा मिशन बनाएर लडे । ०४६ सालको संयुक्त जनआन्दोलनले पञ्चायती निरंकुश व्यवस्थाको अन्त्य भयो । र, बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना भएपछि पार्टी र पत्रकारिताको भूमिका पनि फेरियो, मिशन पनि फेरियो । विगतमा जे भए पनि पञ्चायती निरंकुश शासकहरुलाई दोष दिएर उम्कने ठाउँ थियो । तर, आज त्यो जिम्मेवारी पार्टी नेताहरुको काँधमा आइपुगेको छ । यो अवस्थासम्म आइपुग्न धेरैले बलिदानी दिएका छन् । अझै कति जेलनेल भोगिरहेका छन् । त्यसैले पार्टी पत्रकारिताको भूमिका हिजोभन्दा आज बढी महत्वपूर्ण भएको महासचिव भण्डारीको कथन थियो ।

दृष्टि भेलामा मदनको मुख्य जोड विगतमा पार्टीले भूमिगत शैलीको पत्रकारिता गरेर जनतालाई संगठित गरे । त्यसको जगमा बहुदलीय व्यवस्था पुनःस्थापना भयो । भूमिगतकालबाट खुला राजनीतिमा आउँदा धेरै चुनौतीहरुसँग जुध्नुपर्ने हुन्छ । व्यवस्था फेरिए पनि मानिसको चेतना, संस्कार, विचार फेरिएको छैन । राजतन्त्रलाई ‘साइज’मा मात्र ल्याएको हो । राजतन्त्र पूर्णरुपमा अन्त्य भइसकेको छैन । त्यसको अवशेष सामन्तवाद र दलाल पूँजीवादी नोकरशाहीले लामो समयदेखि जरा गाडेको छ । त्यसैले मिडियाको भूमिका हिजोभन्दा आज महत्वपूर्ण बनेको छ । खुला समाजमा मिडिया पनि स्वतन्त्र भएको छ । हिजो हामी एक प्रकारले ‘मिडिया वार’ गथ्र्यौ भने अब हाम्रा उद्देश्य प्राप्तिका लागि अर्को तरिकाले मिडिया वारमा उत्रनुपर्छ, मदन भण्डारीले ती दिनमा भनेका कुरा अहिले मैले सम्झिरहेको छु ।

मदनले भनेझैं आज पार्टी पत्रकारिता छैन । हिजो भूमिगतकालमा देशभरि ४०-५० जनाले पार्टी पत्रकारिता गर्थे । आज १० हजारभन्दा बढी पत्रकारको संख्या पार्टीमा आवद्ध छन् । देशैभरि नेकपासम्वद्ध मिडिया छन् । तर, ती सबै भुत्ते भएका छन् । पार्टीलाई कठिन परिस्थितिमा जीवन दिने पत्रिका आज बन्द छ । पार्टीको मुखपत्र ‘नवयुग’ घिटीघिटी अवस्थामा छ । र, दुईतिहाइको सरकार व्यावसायिक पत्रकारिताको निशानामा परेको छ । हरेक दिन सरकारको एउटा न एउटा काण्डले मिडिया भरिएको हुन्छ । मिडियाको अगाडि सरकार र पार्टी दुवै रक्षात्मक अवस्था छ । किनभने पार्टीको मिडिया रणनीति नै छैन ।

आज हामीबीच मदन भण्डारी छैनन् । तर, उनको विचारले हुर्काएको पार्टी छ । त्यो पार्टीलाई नेपाली जनताले दुईतिहाइ मत दिएका छन् । मदनले मनमोहन अधिकारीसँग मिलेर नेकपा एमाले बनाए जस्तै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएका छन् । मदन भण्डारीले मनमोहन अधिकारीलाई अभिभावकको जिम्मेवारी सुम्पिएर पार्टीलाई जसरी हाँकेका थिए, मदनका उत्तराधिकारी ओलीले त्यो भारी थेग्न सकेका छैनन् । मदन भण्डारी विधि, विधान, पद्धतिसम्मत ढंगले पार्टी चल्नुपर्छ भन्ने कुरामा दृढ थिए, ओली त्यसको विपरीत चलिरहेका छन् । मदन र मनमोहनबीच सामान्य विवाद भएको कुरा कहिले सुनिएन । तर, आज ओली–प्रचण्डबीच पाइला, पाइलामा विवाद भएको कुरा बाहिर आएको छ । शान्तिपूर्ण संघर्षबाटै समाजवादको लक्ष्य हासिल गर्ने कुरामा मदन ढुक्क थिए । तर, क्रान्ति नगरी समाजवादमा पुग्न सकिन्न भन्ने मान्यता प्रचण्डले राख्दै आएका थिए । समयक्रमले सशस्त्र द्वन्द्व त्यागेर प्रचण्ड आज मदनकै पार्टीमा आएका छन् । तर, मदनबिनाको पार्टी प्रचण्डलाई रित्तोजस्तो लाग्न थालेको छ । भौतिकरुपमा मदन अब यो पार्टीमा फर्कन त सक्दैनन्, उनको विचारको नाममा गुटको खेती गर्नेहरु मौलाउन थालेका छन् । कतै यो वनमारा झारले पार्टी एकता बीचमै भाँडिने त होइन भन्ने चिन्ता लाखौँ कार्यकर्ताले लिएका छन् ।

यो संकटको घडीमा आजकै दिन जन्मिएका नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीले हुर्काएको पार्टी धरासायी नहोस् भन्ने कामना गर्नुपर्ने दिन आएको छ ।

प्रतिक्रिया दिनुहोस्