
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ ।
स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले माइतीघरमा ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।














