Logo
Logo

आज दिउँसो १ बजे एकीकृत समाजवादीको विशेष पत्रकार सम्मेलन


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन आयोजना गर्दैछ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ । १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेकोे प्रदर्शनका क्रममा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए । राजावादीहरुको आक्रमण र तोडफोडबाट ५० लाखभन्दा बढीको क्षति भएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्