Logo
Logo

सडकमा मान्छे पूर्वराजाको समर्थनमा होइन, सरकारको विरोधमा गएको हो : सुदन किराती


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वराजाको पक्षमा नभई सरकारको विरोधमा सडकमा जनता ओर्लिएको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका किरातीले भने, ‘सडकमा मान्छे पूर्वराजाको समर्थनमा गएको होइन सरकारको विरोधमा गएको हो । जनतामा असन्तुष्टि छ । यो अराजकताको रूप यति छिटो योस्तरमा व्यक्त हुनु ओली सरकारकै कारण हो । ’

उनले कूलमान घिसिङ प्रकरण नसेलाउँदै फेरि सरकारले त्रिविका उपकुलपतिलाई राजीनामा दिन बाध्य गराएको आरोप लगाए । नेता किरातीले भने, ‘राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छे खोज्दा देश अति दलीयकरण हुँदै गयो । मेरिट्रोक्रेसीबाट आएको व्यक्तिलाई गैरकानुनी दबाब दिएर राजीनामा गराउनेसम्मको ओली सरकारको हर्कतले सुसासन लजाएको छ ।’

देशमा देखिएको प्रतिगामी गतिविधिलाई निस्तेज गर्न र जनतामा विश्वास जगाउन सरकारले विद्युत प्राधिकरणबाट कुलमान हटाउने र उपकुलपतिको राजीनामा पनि फिर्ता गराउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नत्र शासन सत्तामा ओली बसेपनि ज्ञानेन्द्र बसेपनि नागरिकलाई के फरक ?’ सरकार नचुके त्यसको महँगो मूल्य व्यवस्था र देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्