Logo
Logo

ओली-प्रचण्डबीच टेलिफोन संवाद, के भयो कुराकानी ?


3.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोन संबाद भएको छ । संसदको अवरोध खुलाउने विषयमा ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।

सदन सञ्चालनका बारेमा आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा बर्तौलाले यसबारे जानकारी दिएका हुन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी दलहरुले विरोध गर्दै आइरहेका छन् ।

कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले अवरुद्ध गरेपछि सभामुख घिमिरेले सहमति जुटाउन प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

उनले तीनकुनेमा शुक्रवार राजावादीको प्रदर्शनमा भएको घटनाबारे छलफल गर्नका लागि भएपनि संसद बैठक अघि बढाउन सघाउन सचेतकहरूलाई आग्रह गरेका छन् ।

संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्