Logo
Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य, तिनकुने घटना र समसामयिक राजनीतिका विषयमा छलफल गर्न प्रधामन्त्रीले आज साँझ ७ बजे बैठक बोलाएका हुन् ।

सदन सञ्चालनका बारेमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा एमाले प्रमुख सचेत महेश बर्तौलाले आज साँझ बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद समेत भइसकेको छ ।

सभामुखसँगको बैठकमा सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ भने विपक्षी दलले आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणको नेतृत्व हेरफेरको विषयलाई लिएर विपक्षी दलले सदन अवरोध गरिरहेका छन् । यसअघि दुई दिनको बैठक विपक्षीको अवरोधका कारण प्रभावित भएको थियो ।

आज आइतबार पनि प्रतिनिधिसभा बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै साढे १२ बजेसम्म बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्