Logo
Logo

पुल सुधारका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड ऋण स्वीकृत


315
Shares

काठमाडौं । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपालका पुलहरूले दुर्गम र सहरी समुदायलाई जीवनयापन, स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र आधारभूत सेवाहरूसँग जोड्न ठुलो भूमिका खेल्छन् ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक तथा जलवायुजन्य जोखिमले यस्ता संरचनामा असर गर्ने भएकाले तिनलाई बलियो बनाउन यो सहायता स्वीकृत भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्