Logo
Logo

पाथीभरामा केबलकार निर्माणको काम रोक्न सर्वोच्चको आदेश


756
Shares

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण लगायतका कामहरू रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदीकोले इजलासले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा आदेश दिएको हो ।

इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ । निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको हो ।

प्रतिक्रिया दिनुहोस्