Logo
Logo

दुर्गा प्रसाइँले भने- म भागेको छैन


819
Shares

काठमाडौ । राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।

प्रसाइँलाई अहिले प्रहरीले अहिले खोजी गरिरहेको छ । यसैबेला उनले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको बताएका हुन् । उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन । म भागेको छैन ।’

सामाजिक सञ्जालमार्फत उनले प्रहरीसँग माफी समेत मागेका हुन् । ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छ’ प्रसाईंले भनेका छन् । उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्