Logo
Logo

प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षीको चर्काचर्की


63
Shares

काठामाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चर्काचर्की भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरुले अघिल्ला बैठकहरुमा जस्तै कुलमान घिसिङ बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ–आफनो ठाँउबाट उठे । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे । तर, सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच कुलमान प्रकरणलाई लिएर चर्काचर्की भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्