Logo
Logo

प्रेस सेन्टरको निर्वाचनः अध्यक्षमा दीपेन्द्र रावल र कमल गिरीको उम्मेदवारी


819
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको पाँचौ महाधिवेशनमा आगामी नेतृत्वका लागि नेतृत्वका आकांक्षीले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षमा जनयुद्धकालीन पत्रकार दीपेन्द्र रावल र एकता केन्द्र समूहका कमल गिरीले उम्मेदवारी दिएका छन् । माओवादीको दश वर्षे जनयुद्धमा पूर्णकालीन भएर सक्रिय भूमिका निभाएका रावल घाइते समेत हुन् । उनी जनयुद्धकै क्रममा घाइते भएका थिए । अर्का प्रत्यासी गिरी भने शान्ति प्रक्रिया पछि माओवादीमा समाहित भएका हुन् ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्रबाट गिरी माओवादीमा समाहित भएका हुन् । त्यसैले उनी सर्वस्वीकार्य बन्न नसक्ने कतिपयले आँकलन गर्ने गर्छन् ।

रावल पार्टीमा प्रचण्डका निकटस्थका रुपमा परिचित छन् । प्रचण्डको अपिल सुनेर जनयुद्धमा होमिएर पत्रकारितामा लागेका उनी माओवादी सम्बद्ध कर्मशील पत्रकार हुन् ।

अध्यक्षका प्रत्यासी रहेका रावलले सम्बाद डबली सञ्चारमाध्यमा सञ्चालन गर्दै आएका छन् भने गिरीले काठमाडौंमा विज्ञापन एजेन्सी चलाएर बसेका छन् ।

यस्तै महासचिवमा सहकारी ठगी प्रकरणका फरार मुख्य अभियुक्त गितेन्द्र बाबु९जिबी० राई का व्यावसायिक साझेदार रहेका मनोज घर्तीले उम्मेदवारी दिएका छन् ।

तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रेस सल्लाहकार रहेका घर्ती पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ आफूलाई रहेको दाबी गर्दै उम्मेदवारी दिएका हुन् ।

विवादित पृष्ठभूमिका घर्तीलाई दीपेन्द्र शर्माले चुनौती दिएका छन् । पार्टीमा प्रचण्ड निकट रहेका शर्मा माओवादीको क्रियाशील पत्रकार मानिन्छन् । उनी जनयुद्धकालदेखि नै निरन्तर सञ्चारकर्ममा सक्रिय रुपले रहँदै आएका कर्मशील पत्रकार हुन् ।

अर्का घर्ती भने पटक पटक माओवादीभित्र लाभको पद लिने पत्रकारका रुपमा परिचित छन् । उनले माओवादी नेता नन्दबहादुर पुन पासाङ करिब ८ वर्ष उपराष्ट्रपति हुँदा प्रेस सल्लाहकार रहेका थिए । पुनको उपराष्ट्रपतिको कार्यकालमा उनको सचिवालय निकै विवादित भएको थियो ।

घर्ती सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त गितेन्द्र बाबु राई९जिबी०का व्यावसायिक साझेदार पनि हुन् । रोल्पा निवासी घर्ती र जिबीसँग एक मिडियामा व्यावसायिक साझेदारी गरेका थिए । दुई जनाको संयुक्त लगानीमा नागरिक खबर डटकम नामक अनलाइन सञ्चालन गरेका थिए । केही समय सञ्चालित उक्त अनलाइन व्यावसायिक खटपट सुरु भएपछि बन्द भएको थियो ।

सुन तस्करी र सहकारी ठगीमै पासाङको सचिवालय संलग्न रहेको तथ्य बारम्बार यस अघि नै सार्वजनिक भइरहेकै हुन् । तत्कालीन उपराष्ट्रपति पुनको सल्लाहकारमा घर्तीसँगै रहेका जीवन गुरुङ त्रिभुवन विमानस्थलबाट बरामद गरिएको १४ किलो सुन प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

पासाङ उपराष्ट्र हुँदा यिनै सल्लाहकार घर्ती र गुरुङसहितको सचिवालय टोली र पासाङका दुई पुत्रको मिलेमतोमा कारोबार गर्ने गरेको बताइन्छ ।
पासाङपुत्र जितेन्द्र र दिपेश दुबै सुन तस्करीमा मुछिएका छन् । जेठो छोरा जितेन्द्रले बुबा उपराष्ट्रपति हुँदा सचिवालयको कार्ड देखाएर चिनियाँ व्यापारीसँग सुन लिएर त्यसको पैसा नदिएर भागेको भन्दै चिनियाँ व्यापारीहरुले भिडियो सार्वजनिक गरेका थिए । त्यसयता जितेन्द्रले देश छाडेर भागिसकेका छन् ।

अर्का दिपेश पनि सुन तस्करी प्रकरणमा मुछिएर सिआईबी र यस अघि गठित सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको थियो । उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् भने पोखराको स्वर्णिम सहकारी ठगीमा पनि संलग्नताको आरोप लागेको थियो । यसमा महासचिवका उम्मेदवार घर्तीको संकास्पद भूमिका रहेको माओवादी वृत्तमा चर्चा छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि रूवी श्रेष्ठ र सुरेशचन्द्र अधिकारी प्रमुख दावेदार छन् भने कोषाध्यक्षमा डा दक्त धिताल र वसन्त गिरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्