Logo
Logo

राजतन्त्र फर्काउने प्रयास गर्नु मसान घाटबाट मुर्दा ब्युँताउनु जस्तैः विष्णु पौडेल


378
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्र पुनर्स्थापना प्रयासलाई ‘मसानघाटबाट मुर्दा ब्युँताउने कोसिसको’ संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा राजतन्त्र फेरि कहिल्यै शासनसत्तामा नआउने ठोकुवा गरे ।

मन्त्री पौडेलले राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न उठाएका कारण नेपाली समाजबाट सधैंका लागि विदा भइसकेको बताए । उनले भने, ‘शुक्रबार सडकमा देखिएको राजतन्त्रको विद्रूप अनुहारले हिंसा, आतंक, लुटपाट र नागरिक हकविरुद्ध उनीहरूको चरित्र उजागर गरेको छ ।’

गत शुक्रबारको राजावादी प्रदर्शनलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘राजतन्त्रवादीहरू हिंसा र अधिनायकवादको पक्षमा छन्। नेपाली जनता लुटतन्त्र र असमानताको पक्षमा कहिल्यै रहँदैनन् ।’

उनले गणतन्त्रवादी दलहरूलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभिभारा रहेको औंल्याए ।

उनले राजनीतिक दलहरूले जनताका आकांक्षा सम्बोधन गरी विभेद र असमानता हटाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले यो व्यवस्थालाई बलियो बनाउन कुनै दुविधा राख्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्