Logo
Logo

उर्जाविज्ञ किरण मल्ल आर्मेनियाको अवैतानिक महावाणिज्यदूत नियुत्त


630
Shares

काठमाडौं । आर्मेनियाले नेपालका लागि उर्जाबिज्ञ किरण मल्ललाई अवैतानिक महावाणिज्यदूत नियुक्त गरेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित राइसिना संवाद सम्मेलनका क्रममा मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

विदेश मन्त्रालयका अनुसार सो सम्मेलनमा भएको एक बैठकमा नवनियुक्त वाणिज्यदूत मल्लले नेपाल–आर्मेनियाबीच सहकार्य प्रवद्र्धन, व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा गर्न सकिने संयुक्त कार्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
आर्मेनियाले नेपाल सरकारको स्वीकृतिमा उनलाई २०८१ साल चैत १० गतेदेखि लागू हुने गरी वाणिज्यदूतको जिम्मेवारी प्रदान गरेको हो ।

दाङमा जन्मिएर नर्वेबाट जलविद्युतमा स्पोस्ट ग्राजुएसन गरेका मल्ल नेपालको उर्जा क्षेत्रमा सक्रिय छन् । वाणिज्यदूतका रूपमा मल्लले दुवै देशबीचको व्यापार प्रवद्र्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्